रिड नेपाल र राेटा प्राेजेक्टकाे अायाेजनामा यहि मिति २०७२ साउन १३ गते देखि १६ गतेसम्म ४ दिवसिय अाइसिटी प्रशासक प्रशिक्षक प्रशिक्षण तालिम साैरहा चितवनकाे हाेटल माेनालिसामा सञ्चालन भएकाे छ । तालिममा नवलपरासी र चितवन काे गरी पाँच पुस्तकालय बाट लाइब्रेरीयन र अाइसिटी प्रशाशक गरी ५ जना महिला र ३ जना पुरुष गरी जम्मा ८ जना सहभागि थिए । तालिममा रिड नेपालका अाइसिटी ------ राजेन्द्र प्रसाद पौडेल अर्जुन मर्हजन र अशेश अाचार्य ले प्रशिक्षण गर्नुभएको थियो ।
 |
तालिमको ब्यानर
तालिमकाे पहिलाे दिन साउन १३ गते पुस्तकालय ले गर्दै अाएका कामहरु उपलब्धि चुनाैती र समाधानका उपायहरु अाइसिटी का दिगाे विकासकाे याेजनाहरु मा प्रस्तुतिकरण र छलफल गरियाे । इन्टरनेट नेटवकिङ्ग - Clamping, Router Setting, Login, Reset-काे बारेमा पनि Practical रुपमा नै Clamping, Router Setting, Login, Reset काे काम गरी यस बारेमा जानकारी हाषिल गरियाे । यस क्रममा प्रशिक्षकहरु द्धारा विभिन्न उदाहरणहरु दिएर प्राेजेक्टरकाे माध्यमबाट पनि सिकाइएको थियो ।
|
 |
| सहभागिले Networking को लागि Clamping गर्दै |
तालिमकाे दाेस्राे दिन साउन १४ गते हामिले Blogger बनाउने र चलाउने तरिका का बारेमा पुस्तकालयकाे फेसबुक पेज बनाउने र
त्यसलाई व्यवस्थित बनाउने तरिकाकाे बारेमा पनि छलफल गरियाे । यसपछि फाेटाे कसरी खिच्दा अाकर्षक र खाेजेकाे जस्तो लिन सकिन्छ भन्नेबारे प्रोजेक्टरकाे माभ्यमबाट सिकाइसके पछी सहभागि ले पनि Action Orientated फाेटाे लिने र त्यसलाई अाफ्नाे ब्लगमा राख्ने कुरा भए बमाेजिम याे ब्लग तयार गरिएकाे छ ।
हामिले फोटो खीच्दा जहिले पनि विषयवस्तुलाई लाई बिच भागमा पारेर खिच्नु पर्दछ तर अावश्यकता अनुसार Rules of Third काे पनि प्रयोग गर्न सकिने कुरा तालिमकाे दाेस्रो दिनमा थाहा पाइएकाे छ । यसरी Rules of Third काे प्रयोगले पनि फाेटाे अाकर्षक र खाेजेजस्तो लिन सकिन्छ जुन कुरा तलकाे चित्रबाट हेराै ।
|
 |
| Using "Rules of Third" in this Photo |
यसरी फाेटाे खिच्दा प्रकाश लाई पनि उत्तिकै ध्यान पुय्याउनु पर्दछ अर्थात प्रकाशकाे स्राेत भएकाे तिर क्यामराकाे लेन्स पार्नु हुँदैन ।
यसपछि हामिले भिडीयाे कसरी खिच्ने र क्यामरा भिडीयाेक्यामेरा र ल्यापटप जस्ता सामाग्री काे कसरी प्रयाेग र जतन गर्ने भन्ने सम्बन्धमा पनि छलफल गरि साेही अनुसार काम गर्न सुरु गरेउ ।
No comments:
Post a Comment